सर्लाही, चैत १७ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लवले स्थानीय तहको निर्वाचन आफ्नो पार्टीले बहिष्कार गर्ने बताउनु भएको छ
बिहीबार सर्लाहीको हजरियामा भएको एक कार्यक्रमलाई सम्वबेधन गर्दै महासचिव बिप्लवले संसदीय व्यवस्थालाई कुनै पनि हालतमा आफूहरुले स्वीकार गर्न नसकिने तर्क गर्नुभयो । उहाँले वैशाख ३१ गते हुने स्थानिय तहको चुनावलाई प्रतिकार गर्दै आफ्नो पार्टीले गाउँ गाउँमा समानान्तर सरकार गठन गर्ने चेतावनी दिनुभयो ।
अहिलेको संसदीय व्यवस्थालाई खारेज गरी मुलुकमा वैज्ञानिक साम्यवादको व्यवस्था लागु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जनआन्दोलनको भावना विपरीत सत्ताकै लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनतालाई धोका दिएको बिप्लवको आरोप छ ।
पुराना कम्युनिष्ट नेता चित्रबहादुर आलेको निजी आवास शिलान्याश गर्न विप्लव समूहका नेताहरु बिहीबार सर्लाही आएका हुन् । हजरिया-२ मा कम्युनिष्ट पार्टीले आफ्नै लगानीमा नेता आलेका लागि ४ कोठे निजी घर निर्माण गरिदिने भएको छ ।