बिप्लवका नेतालाई प्रचण्डले भने : सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो

praccccc

काठमाडौ, ११ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले सङ्घीयता, गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताएका छन् । निजी निवास लाजिम्पाटमा आज विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई नेकपा (माओवादी केन्द्र) मा स्वागत गर्दै उनले स्थानीय तहको निर्वाचनलाई अब कसैले उल्टाउन नसक्ने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए । दाहालले भने– “भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ, यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । अब कसैले यो उपलब्धि उल्टाउन सक्दैन । तपाईंहरु जसरी माओवादी केन्द्रमा आउनुभएको छ, परिवर्तनका मुद्दाहरु संस्थागत गर्न र देशको समृद्धिका लागि तपाईंहरुको ठूलो योगदान रहनेछ, म यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु ।”

नेपाली राजनीतिमा सकारात्मक परिघटनाहरु अगाडि बढेको भन्दै उहाँले संविधान कार्यान्वयनको महान् प्रक्रिया सुरु भएको र यही जेठ ३१ गते पनि दोस्रो चरणको निर्वाचन सम्पन्न भएरै छाड्ने विश्वास व्यक्त गरे । सो अवसरमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता टिआर खम्बुसहितका तीन दर्जन नेता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको