काठमाडौं – स्थानीय तहको चुनाव घोषणाको निर्णायक तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ घटक काँग्रेससँग वैठक आव्हान गरेका छन् । वैठक विहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।
सरकारले फागुन १० गतेभित्र नै चुनावको मिति घोषणा गर्ने बताईसकेको छ । प्रधानमन्त्री प्रचण्डले यस विषयमा आफ्नो पार्टीभित्र पनि छलफल गरेका छन् । काँग्रेस–माओवादीबीचको वैठकपछि चुनावको मिति घोषणा कहिले गर्ने भन्ने टुंगो लाग्नेछ । यद्यपी मोर्चा र राज्य पुनसर्रंचना आयोगको प्रतिवेदनमाथिको विवाद टुंगाउनु पर्ने भएकाले आज–भोलि नै चुनावको मिति घोषणाको सम्भावना कम छ ।
चुनावको मिति घोषणाका विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले शनिवार मधेशी मोर्चाका नेताहरुसँग पनि टलफल गरेका थिए । तर, मोर्चाका नेताहरुले मिति घोषणा भए सरकारलाई दिएको समर्थन फिर्ता लिने र आन्दोलनमा जाने चेतावनी दिएको छ । मोर्चाको यस्तो चेतावनीले प्रधानमन्त्री दवावमा परेका छन् । उनले ‘मेरो बाध्यता बुझिदिनुस्’ भन्दै मोर्चाका नेताहरुसँग आग्रह नै गरेका थिए ।
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र
काठमाडौँ, २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको वर्तमान सरकार ‘अलच्छिन’ सरकार भएको
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
२०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को
श्रावण २० गते शुक्रबार देखि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ। गत
काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा