बालुवाटारमा मन्त्रिपरिषद बैठक

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको  छ। उक्त बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने बताइएको छ।

सरकारले वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ।

सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । बजेट ल्याउनुअघि सरकारले संसदमा नीति तथा कार्यक्रम ल्याउनुपर्छ।

 

photo

NOC1-250x300