बाली खाएको निहुँमा गधामा बाँधेर बालकको हत्या

donkeyएजेन्सी, २९ असार । पाकिस्तानी प्रहरीले एक बालकलाई गधामा बाँधेर मृत्युको मुखमा पुर्‍याएको आरोपमा गिरफ्तार गरेको छ ।

उक्त घटना पाकिस्तानको अब्बोटाबादभन्दा ८० किमि दक्षिण लोरा गाउँमा भएको हो ।

लोराका जमिनदार मोहम्मद मिसकिनको जमिनमा आठ वर्षीय मुदास्सीरले चराउँदै गरेको वस्तु पसेको थियो । आवेगमा आएर मिसकिनले मुदास्सीरलाई गधामा बाँधेर गधालाई पिट्दै कुदाएका थिए ।

स्थानीय मानिसहरुका अनुसार गधाले मुदास्सीरलाई करिब एक घण्टा घिसारेको थियो ।

मुदास्सीरका बुवा सेर अफजलले आफ्नो छोरालाई निर्दयीपूर्वक हत्या गरे बताएका छन् । उनले गाउँलेहरुले बच्चाको ज्यान बचाउनुको सट्टा आफुलाई खोजेर बसेकोमा गुनासो गरेका छन्।

मुहम्मद मिसकिनले भने उक्त आरोपलाई अस्वीकार गरेका छन् । अब्बोटाबादको अदालतले भने उनलाई बुधबार गिरफ्तार गरेर दुई दिनसम्म सोधपुछको लागि हिरासतमा राखेको छ ।

 

photo

NOC1-250x300