बालकृष्ण ढुङ्गेल ‘काठमान्डु’ शहरका ‘मोस्टवान्टेड अपराधी’, ओखलढुङ्गे जनताका ‘देवता’

dhungel-cover-‘आज म बालकृष्ण ढुङ्गेल तपाईंहरुको मजेरीमा छु । म बालकृष्ण ढुङ्गेल तपाईंहरुको मजेरीबाट निस्केर काठमाडौंसम्म पुग्दा अर्कै बालकृष्ण ढुङ्गेल बनाई सकिन्छ,’ बालकृष्णले आफ्नै परिचयमाथि प्रश्न थाले, ‘काठमाडौंबाट ह्वाईट हाउससम्म पुर्‍याइँदा कस्तो बालकृष्ण बनाइएको होला रु र, कस्तो बालकृष्ण ढुङ्गेलको गिरफतारीको निम्ती ह्वाइट हाउसबाट विज्ञप्ति निस्कीँदो हो ?’

सुदीप विश्वकर्मा

ओखलढुङ्गा,५ चैत्र । बालकृष्ण ढुङ्गेल–नामको मानिस काठमान्डु शहरका लागि ज्यान मुद्दाका ‘मोस्ट वान्टेड’ ‘फरार अभियुक्त’ । यता मानव अधिकारको ठेकेदार ‘ह्वाइट हाउस’का लागि ‘ह्युमन राइट किलर’ । तर, तीनै बालकृष्ण ढुङ्गेल जब काठमान्डुबाट उत्तर पुर्वतिर पाइला चाल्छन् तब काठमान्डु र अमेरिकाले लेपन लगाएका सारा आरोपहरु भत्कन थाल्छन् । नयाँ परिचयको शुभारम्भ हुन्छ । प्रसंग हो केही दिन अघि ओखल्ढुङ्गा र रामेछापको दोसाँधमा गरिएको एक नागरिक अभिनन्दनको ।

काठमाडौंबाट आधा दिनको मोटर यात्राबाट पुगीने ओखलढुङ्गा र रामेछापको सिमाना लिखु गाउँमा होली पर्वको दिन छुट्टै रौनकता थियो । लिखु नदि किनारमा रहेको अरुणोदय माविमा नेपालको झण्डा गाडिएको थियो । ओखलढुङ्गाको पोकली पहाडदेखि झरेका बृद्धहरु, टारकेराबारीबाट ओर्लिएका युवाहरु, रामेछापको ढाँडे र सैपुका स्थानिय मात्रै होइन सदरमुकाम मन्थलीदेखि कच्चि सडक हुँदै लिखु झरेका युवाहरुको भिड उस्तै थियो । कार्यक्रम थियो– नागरिक अभिनन्दन । अभिनन्दित हुने व्यक्ति कुनै ठूला नागरिक वा अधिकारकर्मी थिएनन् । उनी थिए ओखलढुङ्गाका उज्जन कुमार श्रेष्ठ ९भूवन०को हत्या आरोपमा सर्वोच्च अदालतले सर्वश्व सहित जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुङ्गेल । तर, लिखु पुगेपछि यस्तो लाग्थ्यो की सर्वोच्च अदालतको फैसलाबारे ओखलढुङ्गेली ‘जनता’ बेखबर छन् । ह्याईट हाउसले बालकृष्ण ढुङ्गेललाई ‘छाडा नछोड्न’ दिएको चेतावनी उलंघन गर्न उनीहरुलाई कुनै अफसोस् छैन ।

न्यायीक अन्वेषक समितिद्वारा आयोजित कार्यक्रमको ब्यानर थियो– बृहत नागरिक अभिनन्दन । रातो कपाल, निलो कोट पहिरिएर मञ्चमा बसेका ढुङ्गेलको अनुहारमा भावुकता र गम्भिरता थियो । ‘विकासका हरेक क्रियाकलापमा सहयोगी विकास प्रेमी नेता बालकृष्ण ढुङ्गेलको क्रियाशिलतामा यतिबेला यो गाउँको मुहार फेरिएको छ,’ उद्घोषकले ढुङ्गेलको परिचयको पर्दा खोले,‘बाँदर लड्ने ओखलढुङ्गाको लेतिको भिरमा यतिबेला सरर गाडी चल्न थालेको छ ।’

अभिनन्दित हुने व्यक्ति कुनै ‘अधिकारकर्मी’ वा पत्रकार थिएनन् । उनी थिए ओखलढुङ्गाका उज्जन कुमार श्रेष्ठ ९भूवन०को हत्या आरोपमा सर्वोच्च अदालतले सर्वश्व सहित जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुङ्गेल । तर, लिखु पुगेपछि यस्तो लाग्थ्यो की सर्वोच्च अदालतको फैसलाबारे ओखलढुङ्गेली ‘जनता’ बेखबर छन् । ह्याईट हाउसले बालकृष्ण ढुङ्गेललाई ‘छाडा नछोड्न’ दिएको चेतावनी उलंघन गर्न उनीहरुलाई कुनै अफसोस् छैन ।

नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी नेपाल, बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, र माओवादी केन्द्रका नेताहरु थिए । जहाँ ओखलढुङ्गाको मात्रै होइन रामेछापका पार्टी संयोजकहरु पनि मञ्चमा थिए । नागरिक अभिनन्दन कार्यक्रमको अध्यक्ष थिए– इला बहादुर सार्की । राज्य व्यवस्थाले जहिल्यै पिँधमा राखेको इलाबहादुर सार्कीलाई त्यो दिन भने ‘बरिष्ठ’ नागरिकको उपमा दिइएको थियो ।

सम्वोधनका क्रममा सबै वक्ताहरुले ढुङ्गेलले राजनीतिक जीवनमा गरेका त्यागको चर्चा गरे । विकासको लागि उनले पुर्‍याएको योगदाको बखान गरे । ‘म नयाँ शक्ति नेपालको पार्टीको जिल्ला संयोजक हुँ, मलाई विकास चाहिएको छ,’ नयाँ शक्तिका जिल्ला संयोजकले भने,‘तर, बालकृष्ण विरुद्ध मेरो पार्टीले केही बोल्यो भने म तत्काल मेरो पार्टी पत्यिाग गर्छु किन भने मलाई उनले ओखलढुङ्गाको माटो सुम्सुम्याउन सिकाए ।’

पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित भएका ढुङ्गेलले युवाहरुको लागि माटो सुम्सुम्याउने अभियान ल्याएको, एक घर एक लिच्चीको अवधारणा ल्याएर ओखलढुङ्गा र रामेछापलाई कृषिमा फर्काएको जस्ता दर्जनौँ विकासे अभियोगहरु बक्ताहरुले लगाएका थिए । ‘उज्जवन कुमार श्रेष्ठ भूवनको हत्या हुँदा बालकृष्ण ढुङ्गेल महोत्तरीमा मसँगै रहेका थिए,’ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पेशल खतिवडाले भने,‘मैले यो बयान अदालतमा दिएको छु । तर, सर्वोच्च अदालतले निर्दोष मान्छेलाई बलिको बोको बनायो ।’

‘उज्जवन कुमार श्रेष्ठ भूवनको हत्या हुँदा बालकृष्ण ढुङ्गेल महोत्तरीमा मसँगै रहेका थिए,’ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पेशल खतिवडाले भने,‘मैले यो बयान अदालतमा दिएको छु । तर, सर्वोच्च अदालतले निर्दोष मान्छेलाई बलिको बोको बनायो ।’
रामेछापको सैपु–४ फेँदीमा रहेको अरुणोदय मावि त्यही विद्यालय हो जहाँ उज्वन कुमार श्रेष्ठको शालिक बन्दै थियो । सम्पूर्ण राजनीतिक दलका नेताहरुले मञ्चबाटै भूवनको शालिक त्यहाँ बन्न नदिने चेतावनी दिए । नेताहरुको तर्क थियो–‘बलात्कार जस्तो सामाजिक अपराधमा जोडिएका भूवन श्रेष्ठको शालिक विद्यालयमा बनाउँन हुँदैन ।’

लिखु खोलामाथिको पहाड तिर सुर्य टोलाउँदै थियो ठीक त्यसैबेला बालकृष्ण ढुङ्गेलमाथि अभिनन्दन क्रम शुरु भयो । दुई दर्जन भन्दा धेरै विद्यालयका प्रधानाध्यापकहरुले ताम्रपत्रले सम्मान गरे । नागरिक समाजदेखि राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट पुरस्कृत लोचन बस्नेतसम्मले ताम्रपत्रले सम्मान गरे । आमा समुहको एउटा हुल आएर ढुङ्गेललाई घेरामा हाले । सबैले रातो अबिर लगाई दिए । मोबाइलमा फोटो खिच्नेहरुको भिड उस्तै थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटीको ओखलढुङ्गा जिल्ला सचिव अमृत बस्नेतले सम्मानपत्र सहित तरबार दिए । यस्तो लाग्थ्यो की–काँधभरी माला पहिरिएर तरबार हातमा लिएका ढुङ्गेल फेरी कुनै युद्ध गर्दैछन् उनी आफै ‘युद्धकालिन विद्रोही कमाण्डर’को भूमिकामा देखिँदैछन् ।

कार्यक्रममा प्रस्तुत गरिएको गित संगीत पूर्ण रुपमा ढुङ्गेलप्रति समर्पित थिए ।

बालकृयण दाई लोकप्रिय नेता
यो क्षेत्रका दाई हाम्रा देवता
विकासको लहर किल्ला किल्लामा
कायपलट भाको छ जिल्लामा
खुशी छौँ सम्मान मिल्दामा ….

यस्तो गीतमा विद्यालयका शिक्षिकाहरु नै नृत्य गर्दै थिए । वृद्धहरुको भजन बालकृष्ण प्रति नै समर्पित थिए । यी सारा सम्मानहरुको केन्द्रमा रहेका ढुङ्गेलले जब सम्बोधन गर्न थाले तब हातमा मोबाइल हुनेहरु भिडियो खिच्न जुरुक्क उठे । ‘आज म बालकृष्ण ढुङ्गेल तपाईंहरुको मजेरीमा छु । म बालकृष्ण ढुङ्गेल तपाईंहरुको मजेरीबाट निस्केर काठमाडौंसम्म पुग्दा अर्कै बालकृष्ण ढुङ्गेल बनाई सकिन्छ,’ बालकृष्णले आफ्नै परिचयमाथि प्रश्न थाले, ‘काठमाडौंबाट ह्वाईट हाउससम्म पु¥याईदा कस्तो बालकृष्ण बनाइएको होला रु र, कस्तो बालकृष्ण ढुङ्गेलको गिरफतारीको निम्ती ह्वाइट हाउसबाट विज्ञप्ति निस्कीँदो हो रु’

नागरिक अभिनन्दनबाट ‘गद्गद खुसी’ हुनु पर्ने ढुङ्गेलले स्वयमलाई भने त्यो मुल्यांकन गरेका रहेनछन् । ‘मैले मानव जातिको मुक्तिको लागि जे गरेँ । त्यो भन्दा यो सम्मान अलि बढि भयो की जस्तो मलाई लागेको छ,’ उनी फेरी आफ्नै विगत तिर फर्किदै अदालतको ‘आदेश खारेज’ गर्न थाले,‘म सांसदको कोट लगाएको बालकृष्ण चिन्नेहरुले के भने भन्ने तिर जान चाहन्नँ । म नाङ्गै जन्मिएको थिएँ । त्यो नांगै बालकृष्ण देख्ने तपाईंहरु हो । तपाईंहरुले नै मत दिएर संविधानसभाको सदस्य बनेँ । तपाईंहरुकै संरक्षणले जनयुद्धमा बाँचे । अहिले केही समय अघि अविर दल्दिएको म बालकृष्णलाई तपाईंहरुले अपराधी करार नगरेसम्म संसारको जुन सुकै निकायले अपराधी करार गरोस् तर मेरो दिलको अदालतबाट सबै फैसला खारेज गर्दिन्छु ।’

‘म हार्ने भनेको त्यो एउटा मात्रै अदालत हो । तपाईंहरुको मजेरीमा हुँने अदालतमा तपाईंहरुले अपराधी करार गरेको दिन म जुनसुकै सजायँ भोग्न तयार छु,’ ढुङ्गेल बोल्दै गए,‘तर, कथित सर्वोच्च अदालतको फैसला यो मञ्चबाट फेरीपनि खारेज गर्छु ।’
निकै भावुक मुद्रामा प्रस्तुत भएका ढुङ्गेल अगाडी देखिएका जनताप्रति निकै समर्पित देखिन्थे ।

‘म हार्ने भनेको त्यो एउटा मात्रै अदालत हो । तपाईंहरुको मजेरीमा हुँने अदालतमा तपाईंहरुले अपराधी करार गरेको दिन म जुनसुकै सजायँ भोग्न तयार छु,’ ढुङ्गेल बोल्दै गए,‘तर, कथित सर्वोच्च अदालतको फैसला यो मञ्चबाट फेरीपनि खारेज गर्छु ।’

ढुङ्गेलका यस्ता उत्तेजक अभिव्यक्तिमा स्थानियहरुको तालीको पर्रा छुटिरहेको थियो । उनले थप्दै गए ,‘मेरो गिरफतारी हुँदैन । म बलिदान गर्न तयार छु । म यो खोलामा हुर्केको सन्तान हुँ । तपाईंहरुको कान्लाको सिस्नो खाको छु । तपाईंहरुले मस्काएको ढिँडो खाको छु । तपाईंहरुले फत्काएको च्याँख्ला खाको छु । तपाईंहरुको काखपोल्टामा हुर्केको मान्छु हुँ ।’

मञ्चबाट माथिको लेते पहाडमा लुटपुटिएर हुर्केका उनको अभिव्यक्तिले त्यो प्रांगणमा स्तब्धता छायो । ढुङ्गेलले फेरी उज्जन कुमार श्रेष्ठ ‘भूवन’को चरित्रमाथि प्रश्न गर्न थाले,‘जनयुद्ध शुरु गर्नु भन्दा अघि नै जनताले लखेटेको भूवन हो की होइन तपाईं भन्नुहोस् त रु अमलबोटे, ढाँडे, सैपुका दर्जनौँ महिलामाथि अश्लिल व्यबहार गरेपछि उ भागेर काठमान्डु पुगेको हो की होइन रु’

उनको यस्तो प्रश्नमा तालीको पर्रा छुट्थ्यो लिखु खोला किनारमा ठूलो स्वरमा गुञ्जेको थियो,–‘हो‘।।’

अभिनन्दनको क्रममा दिइएको झण्डा, तरबार, खादाले उनलाई दोधारमा पुर्‍यायो । ‘कोही साथीले झन्डा दिनुभयो, कसैले तरबार दिनु भयो । म दोधारमा छु, । फैसला गर्ने अधिकार तपाईंहरुको हो,’ उनी भन्दै थिए,‘पार्टी शान्ति प्रक्रियामा आएपछि कुलो खन्नका निम्ती मैले कोदाली उठाएँ । ढाकरमाथिको नुन विसाएर ओखलढुङ्गे जनतालाई ट्याक्टरको नुन खुवाउँछु भनेर प्रतिज्ञा गरेँ । लहानको लिचि बोकेर ओखलढुङ्गा र रामेछापको मजेरीमा लिचि रोपेँ । अहिलेपनि तपाईंहरुले रोपेका लिचिहरु फल्दै होलान् बढ्दै होलान् । एक सन्तान एक लिचिको अवधारणा ल्याएँ । सन्तान जन्मेपछि लिचि रोपौँ । लिचि बढेर फल्न थाल्दा सन्तान् बढेर पढ्न थाल्छ भन्ने बालकृष्ण ढुङ्गेललाई फेरी लिचि रोप्दै गर्दा उनीहरु वारेन्ट जारी गर्छन् भने मैले तरबार उठाउनु पर्छकी पर्दैन रु के फेरी यो देशमा युद्ध चाहिएको हो रु’

ढुङ्गेलका प्रश्न ओखलढुङ्गामा मात्रै सिमित थिएन । समग्र देशको शान्ति प्रक्रियामाथिको प्रश्न थियो । कार्यक्रमका प्रमुख वक्ता तथा माओवादी केन्द्रीय कार्यालय सदस्य मणि थापाले ढुङ्गेलका प्रश्नहरुको जवाफ दिने प्रयत्न गरे । ‘तपाईंले अहिले नै युद्धको हतार नगर्नुहोला,’ जवाफमा थापाले भने,‘यदि शान्ति प्रक्रियामा निष्कर्षमा पुगेन भने म पनि तपाईंसँगै बन्दूक बोक्न तयार छु । तर, यो उपलब्धीलाई संस्थागत गरेर ।’

युवा नेता थापाले ‘हतार नगर्न’ सुझाव त दिए । तर युद्धकालिन मुद्दाको स्थायी समाधानको प्रश्नले समग्र नेपालको राजनीतिक व्यवस्थामाथि झट्कारिरहेको छ ।

 

photo

NOC1-250x300