बामदेब ओलीको पक्षमा उभिदा माधब -प्रचण्डको सपना चकनाचुर

935126_658741747516748_1064892390_nसाउन १३ काठमाडौं । नेकपाको विवाद चरमचुलीमा पुगेको बेला नेकपाका उपाध्यक्ष बामदेव गौतम पार्टी फुटबाट बचाउन भन्दै प्रधानमन्त्री ओलीको पक्षमा उभिएका छन् ।
गौतमले पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् । प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो ।

bamdev-gautamनेकपा एक नेताका अनुसार गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएको स्वीकार गरेका छन् ।

 

photo

NOC1-250x300