people Nepal » बाबुराम र उपेन्द्रको संयुक्त विज्ञप्ति : चुनाव स्थगित गर्ने बाबुराम र उपेन्द्रको संयुक्त विज्ञप्ति : चुनाव स्थगित गर्ने – people Nepal

बाबुराम र उपेन्द्रको संयुक्त विज्ञप्ति : चुनाव स्थगित गर्ने

timthumbनयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वैशाख ३१ को स्थानीय चुनाव स्थगित गर्न माग गरेका छन्। सरकारले आफैंले संसदमा दर्ता गरको संविधान संशोधन विधेयक पास नगरी स्थानीय चुनाव घोषणा गरेको भन्दै संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले यसले देशलाई अस्थिरता र अनिश्चिततारतिर धकेलेको दाबी गरेका छन्।

निर्वाचनका लागि  आवश्यक स्थानीय तहको संरचना नै नबनेको र कानुन समेत नभएको भन्दै उनीहरूले चुनावका लागि ६ बुँदे माग राखेका छन्। संघ र प्रदेशको चुनाव पहिला गर्नुपर्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तह प्रदेश मातहत रहनुपर्छ र, यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नुपर्छ । राजनीतिक दलहरुको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनुपर्छ ।’

unnamed (7)