२४ जेठ, काठमाडौं । माउ पार्टीबाट अलग्गिएपछि सधै माओवादीको आलोचनामै समय खर्चने गरेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सम्भवनतः पहिलो पटक नेकपा माओवादी केन्द्रको प्रशंसा गरेका छन् ।
भट्टराईले माओवादी केन्द्रले नयाँ मन्त्री परिषद्मा राम्रा मान्छे सिफारिस गरेको भन्दै प्रशंसा गरे । उनले ट्विट गर्दै यस पटक माओवादी केन्द्रले राम्रैसँग मन्त्रीहरुको चयन गरेको उल्लेख गरेका छन् ।
ट्विटमा उनले भनेका छन्, यस पटक माकेले मन्त्रीहरूको चयन राम्रैसंग गरेछ१ महरा, जनार्दन र प्रभुलाई हार्दिक वधाइ तथा सफलताको शुभकामना१ साथै नेकाका मन्त्रीहरूलाई पनि !
देउवा सरकारमा माओवादी केन्द्रको तर्फबाट पहिलो चरणमा आज उपप्रधान एवं परराष्ट्र मन्त्रीमा कृष्णबहादुर महरा, गृहमन्त्रीमा जनार्दश शर्मा र विना विभागिय मन्त्रीमा प्रभु शाहले सपथ लिएका छन् ।