सप्तरी, फागुन २० – केहि समय अगाडी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बाजा बजाएर मधेश झर्ने उद्घोष गरेका थिए । ओलीले आफूहरुलाई मधेशमा कुनै अवरोध नरहेको दाबि समेत गरेका थिए । तर एमालेलाई पहिलो गासमै ढुङगो लागेको छ ।
शनिबारबाट प्रारम्भ हुन लागेको मेची–महाकाली अभियानलाई सफल बनाउन सप्तरी पुगेका एमाले कार्यकर्ताहरुलाई मधेसी मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।
एमाले सप्तरीका जिल्ला कमिटि सदस्य प्रतापनारायण चौधरीलाई मोर्चाका कार्यकर्ताले शुक्रवार विहान कालोमसो दलेका हुन् ।
चौधरीलाई राजविराज–१ हटियास्थित माछा हटियामा पर्चा वितरण गरिरहेको बेला कालोमसो दलेका हुन् ।
मोर्चाले यसअघि एमालेको उक्त अभियानलाई विथोल्ने घोषणा गरेको थियो ।