बाँकेमा आगलागी, ४० घरको क्षति

aago१५ वैशाख, नेपालगन्ज । बाँकेको होलिया चौफेरीमा आगलागि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार शुक्रबार दिउसो साढे तीन बजे लागेको आगो नियन्त्रणमा आउन सकेको छैन ।

 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयासबाट आगो नियन्त्रणमा लिने प्रयास भए पनि समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आउन सकेको छैन । उनले घटनामा मानवीय क्षति नभएको बताए ।

‘आगलागीको खबर आउने वित्तिकै टोली घटनास्थलमा पठाईएको छ,’ प्रहरी प्रमुख राईले अनलाईनखवरसंग टेलिफोनमा कुरा गर्दै भने,’टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणको काम सुरु गरिसकेको भएपनि आगो नियन्त्रणमा आउन सकेको छैन् ।’

उनले दिएको जानकारी अनुसार नेपालगन्जबाट हिँडेको दमकल खडैचा नपुग्दै बाटौमै फसेको कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्तिलाई आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ ।

यसैबीच प्रत्यक्षदर्शी निरुता सिंहले आगलागीबाट ४० बढी घर जलेर नष्ट भईसकेको र आगो बढ्दो क्रममा रहेकोले क्षति बढ्न सक्ने बताइन ।

केहीदिन अघि मात्र सोही होलियाकै कुडुवा गाउमा भएको आगजनीबाट ३ बालबालिकाको मृत्यु हुनुको साथै ८ घर जलेर नष्ट भएको थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख लाई हस्तान्तरण

१४असोज,भक्तपुर ।      सुर्यविनायक नगरपालिका भित्रका सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख

जिफण्टले प्रत्येक बुथहरुको लागि पच्चीस हजार स्वयं सेवक परिचालन गर्दैछ,अध्यक्ष श्रेष्ठ

१४ असोज,काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेडयुनियन महासंघ (GEFONT) का अध्यक्ष विनोद

गठबन्धनले तीन जिल्ला बाहेक सिट भागबण्डा  टुंग्यायो

१४ असोज,काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि  उमेदवारहरुको भगबण्डा टुङ्गो लगाएको छ ।

स्वतन्त्र उमेदवारीको तयारीमा समाजसेवी श्रीभक्त कासिछवा

१३ असोज,भक्तपुर। समाजसेवी तथा उद्योगवाणिज्य संघ चांगुनारायणका अध्यक्ष श्रीभक्त कासिछवाले  स्वतन्त्र उमेदवारी दिने तयारी गरिरहेको

बाबा मेनपावर बाट दुबई गएका दर्जनौं युवाहरू ४ महिनादेखि अलपत्र,नेपाल झिकाइदिन आग्रह

१२असोज,काठमाडौं । नयाँ बानेश्वरमा रहेको बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि बाट मोटरसाइकल राईडिङमा काम गर्न

सरकार भ्रष्ट भयाे : रवीन्द्र मिश्र

By Peoplenepal काठमाडौँ, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले