बाँकेको क्वोरन्टिनमा मृत्यु भएका युवाको कोरोना परीक्षण रिपोर्ट आज आउँदै

काठमाडौं, जेठ ४ : बाँकेको क्वोरन्टिनमा मृत्यु भएका युवा ५ दिन पहिले भारतबाट फर्किएको खुलासा भएको छ।

भारतबाट वैशाख ३० गते नेपाल फर्किए लगतै उनलाई बाँकेको नरैनापुर गाउँपालिका–५को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा राखिएको थियो। उनको आइतबार बिहान साढे ६ बजे अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

उनी क्वारेन्टिनमा आउने बेलादेखि नै बिरामी रहेको नैनापुर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष कृष्ण चन्द्र मौर्यले बताए।

उनले भने, ‘उसले क्वारेन्टिनमा वान्ता गरेको रहेछ, क्वारेन्टिन व्यवस्थापन समितिले समयमा उपचार नगर्दा यस्तो दुखद घटना भयो।’

उनको कोरोना परीक्षणका लागि शनिबार स्वाव संकलन गरिएको र आइतबार रिपोर्ट आउने गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले बताए। ८ महिना पहिले ती युवा रोजगारीका लागि भारत गएका थिए।

उनको कोरोनाकै कारण ज्यान गएको हो वा होइन भन्ने रिपोर्ट आएपछि थाहा हुने अध्यक्ष शाहले बताए।

 

photo

NOC1-250x300