बलीउडमा डेब्यू गर्न प्रभासको दौडधुप

pravash

‘बाहुबली २’ रिलिज भएपछि प्रभासको बलीउड डेब्यूलाई लिएर लामो समयदेखि अनेकौं खबरहरु बाहिर आइसकेका छन् । पहिला खबर आएको थियो कि करन जोहर या रोहित शेट्टीको फिल्मबाट प्रभास बलीउड फिल्ममा पाइला राख्दैछन् । भारतको एक लीडिङ डेलीका अनुसार, प्रभास र साजिद नाडियावालाले एक नयाँ फिल्मको शिलशिलामा केही गोप्य बैठक गरिसकेका छन् ।

प्रभास र साजिदको बीचमा अहिलेसम्म दुई मिटिङ भएको छ र यी दुईको प्रोजेक्ट्समाथि नै कुराकानी भएको भारतीय मिडियाले बताएका छन् । खबरका अनुसार, चाँडै यस विषयमा फाइनल हुनेछ ।

साजिदले योभन्दा अगाडि टाइगर श्राफ, कृति सेननलाई पनि लञ्च गरिसकेका छन् । प्रभास अहिले आफ्नो नयाँ फिल्म ‘साहो’को सुटिङमा व्यस्त छन् ।

 

photo

NOC1-250x300