बलिउडका केही हस्ती जसले स्नातक पनि सकेका छैनन्

Salman-and-other

४ असार – मुम्बई । फिल्म कलाकारका लागि पढाई महत्वपूर्ण नै हुन्छ । तर, अध्ययन मात्र पनि सबथोक होइन भन्ने चर्चा चलिरहेको छ । त्यस्तै आज हामी केही यस्ता बलिउडका हस्तीहरुको बारेमा जानकारी दिन लागिरहेका छौं जो बीए पनि पास छैनन् ।

ऐश्‍वर्या राय
आफ्नो सुन्दरताबाट संसारलाई चिनाएकी ऐश्‍वर्या सन् १९९४ मा मिस नेपाल बनेपछि पढाई अधरै छाडिन् । उनको सपना आर्किटेक बन्ने थियो ।

सलमान खान
सलमान खानले बांद्रा कलेजबाट आफ्नो अध्ययन सुरु गरे तरपनि बलिउडमा स्थापित भएपछि उनको अध्ययन यात्रामा पूर्णविराम लाग्यो ।

दीपिका पादुकोण
दीपिका पादुकोण आफ्नो कूल लुक र स्टाइलका लागि फिल्म क्षेत्रमा पहिचान बनाउन सफल भइन् । उनले बेंगलुरुको माउंट कारमेलमा भर्ना गरेकी थिइन् तर मोडलिङमा पाइला चाल्न थालेपछि उनले अध्ययन बीचमै छाडिन् । त्यसपछि उनले इग्नुबाट शर्ट टर्म कोर्षका लागि आवेदन दिएकी थिइन् । र, त्यसलाई पनि उनले अधुरै छोड्नुपर्‍यो ।

करीना कपूर
करीना कलेज पढ्दा वकिल बन्न चाहन्थिन् । उनले मिठीबाई कलेज, मुम्बईमा भर्ना समेत गरेकी थिइन् तर ‘रिफ्यूजी’ फिल्ममा ब्रेक मिलेपछि उनी यति व्यस्त भइन् कि पढाई पूरा गर्न पनि पाइनन् ।

सोनम कपूर
बलिउडमा स्टाइलका लागि बलिउडमा चर्चामा रहेकी सोनम कपूर १२ कक्षासम्म पढाई पूरा गरेकी छन् । हालै एक अन्तर्वार्ताको क्रममा आफूले स्तानक पूरा गर्न नपाएकोमा अफसोच भएको र चाँडै नै पूरा गर्न चाहेको बताएकी थिइन् ।

अक्षय कुमार
बलिउडका खेलाडीको रुपमा चिनिएका अक्षय कुमार मार्सल आर्ट सिक्नका लागि कलेज जीवनबाट टाढिएका थिए ।

 

photo

NOC1-250x300