बन्चरो प्रहार गरी रुपन्देहीमा पाँच जनाकाे सामूहिक हत्या

जेठ २७, बुटवल : रुपन्देही जिल्लामा पाँच जनाकाे सामूहिक हत्या भएकाे छ । साेमबार राति तिलोत्तमा नगरपालिकाकाे वडा नम्बर १०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको प्रहरीले जनाएकाे छ ।

डीएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गरेका छन् । उनले घटनाकाे अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरू फेला परेकाे जनाइएकाे छ । मृतकको विवरण खुलेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान गर्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति लागुऔषध दुर्व्यसनी रहेको र उनैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

 

photo

NOC1-250x300