बनेपा स्थित मकैबारीमा मृत शव फेला

१५ भदाै,बनेपा – बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकैको मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो ।

“यो शव केही दिन अघिको नै हुनसक्छ, कुहिएको अवस्थामा छ,” उहाँले भन्नुभयो । शवलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रनाउ मरासिनीले बताउनुभयो ।

 

photo

NOC1-250x300