बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

कपिलवस्तुमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । शिवराज नगरपालिका–१ वनकट्टाका ४० वर्षीय वसन्त परियारले श्रीमती ३५ वर्षीया सुमित्रा परियारको बञ्चरो प्रहार गरी हत्या गरेका हुन । 

घाइते सुमित्राको शिवराज अस्पताल बहादुरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । हत्यापछि वसन्त फरार रहेका छन् । हत्याबारे अनुसन्धान र फरार वसन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

 

photo

NOC1-250x300