बंगलादेशविरुद्ध नेपालको गतिलो सुरुवात, धर्मरायो घरेलु टोली

Cricket_9_IDr1cPEPyK-750x500चैत १५, २०७३ काठमाडौं : एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले गतिलो सुरुवात गरेको छ। बंगलादेशको शेख कमाल इन्टरनेशनल स्टेडियममा टस जितेर घरेलु टोली बंगलादेश यू-२३ विरुद्ध फिल्डिङमा उत्रिएको नेपालले ५ ओभरभित्रै ३ विकेट हात परेको छ।

नेपालका लागि तीनै विकेट अभिनास कर्णले दिलाएका हुन्। उनले महमद सैफ हसन, एमडी मिथुन र जामिर अहमदलाई पेबेलियनको बाटो देखाए।  पहिलो खेलमा नेपाल पाकिस्तानसँग छ विकेटले पराजित भएको थियो। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका अन्डर- २३ टीमसहित नेपाल, अफगानिस्तान, हङकङ र मलेसिया सहभागी छन्।साभार: थाहाखबर

 

 

photo

NOC1-250x300