फेसबुकको आम्दानी ह्वात्तै बढ्यो

१२ साउन,एजेन्सी – दिनप्रतिदिन लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल फेसबुकको आम्दानी ह्वात्तै बढेको छ ।  विज्ञापनदाता फेसबुकतर्फ आकर्षित भएपछि सन् २०१७ को दोस्रो त्रैमासिकमा ९ दशमलब ३ अर्ब डलर आम्दानी भएको छ ।

mark-zuckerberg-30121611

विश्वको जनसंख्याको एक चौथाईभन्दा बढी मानिसले फेसबुक प्रयोग गर्ने भएपछि विज्ञापनदाता फेसबुकतिर आकर्षित भएका छन्। यो वर्षको आधा अवधि र पछिल्लो तीन महिना हाम्रा लागि राम्रो भएको छ। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले भने, ‘त्यस अवधिमा हाम्रो नाफा ७१ प्रतिशतले बढेको छ ।’  उनले सन् २००४मा फेसबुक सञ्चालन सुरु गरेका थिए । फेसबुकले प्रयोगकर्तासंगै बढीभन्दा बढी विज्ञापनदाता पनि आकर्षित गरिरहेको छ ।

 

photo

NOC1-250x300