प्रेमगीत २’ निर्माण गरेको आशुसेन फिल्मस्ले पुनः कभर गीत प्रतिस्पर्धा आयोजना गरेको छ । सहभागीले बैशाख १ गते रिलिज हुने शीर्ष गीतमा कभर गीत निर्माण गर्न सक्ने निर्माता सन्तोष सेनले बताएका छन् ।
रोहितजोन क्षेत्री र श्रेया सोताङले आवाज भरेको गीतमा युट्युव कभर सङ बनाउन सकिने निर्माणपक्षले बताएको छ । यसपटक पुरुष र महिलाका लागि अलग अलग प्रतिस्पर्धा गर्ने र दुबै विजेताले नगद १-१ लाख पुरस्कार प्राप्त गर्न सक्नेछन् । ‘प्रेमगीत’मा कभर गीत गाएर पहिलो भएका संसार राइले ‘प्रेमगीत २’का लागि गीत रेकडिङ गराइसकेका छन् ।
साउन १३ गते रिलिज हुने यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । नेपाल, थाइल्याण्ड र बर्मामा यो चलचित्रको छायांकन गरिएको छ । संसारले रेकडिङ गरेको गीतलाई यसको निर्माणपक्षले पनि प्रशंसा गरेको छ ।
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले
२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।