भदौ २५,काठमाडौँ : हलिउडमा राम्रो स्थान बनाएकी अभिनेत्री प्रियंका चोपडाको बलिउड फिल्म ‘द स्काई इज पिंक’ को ट्रेलर सार्वजनिक भएको छ । प्रियंकाको करिब ३ बर्षपछि बलिवुडमा पुनरागमन हुन लागेको यस फिल्ममा उनी फरहान अख्तरको अपोजिट देखिएकी छन् ।
यस फिल्ममा प्रियंका, फरहानका अलावा दंगल फेम अभिनेत्री जायरा वसीमको समेत अभिनय रहेको छ । जायराले यस पछि अर्को कुनै बलिवुड फिल्ममा अभिनय नगर्ने घोषणा गरेकी हुनाले सम्भवत उनको यो अन्तिम फिल्म हुने छ ।
आगामी अक्टोबर ११ मा रिलिज हुने यो फिल्मलाई सोनाली बोसले निर्देशन गरेकी छन् । यो फिल्म आयशा चौधरीको जीवनीमा आधारित रहेको छ । जो १३ बर्षको उमेरमा पल्मनरी फाईब्रोसीस रोगबाट ग्रसित भएर पनि एक मोटिभेस्नल स्पिकर बनेकी थिइन् । यहि स्पेतेम्ब्र १३ मा टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिवलमा यस फिल्मको प्रिमियर समेत रहेको छ । प्रियंकाले सलमान खानसँगको फिल्म भारत छोडेर यो फिल्म साइन गरेकी थिइन् ।
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले
२९ कार्तिक,काठमाडौं । बलिउड सुपरस्टार आमिर खान अभिनय क्षेत्रबाट बिदा हुने निर्णयमा पुगेका छन ।