प्रमुख दलको बैठक बालुवाटारमा, राजपाको मागबारे छलफल चल्दै

Baluwatar-Meeting-with-RaJaPa

१४ जेठ, काठमाडौं । प्रमुख दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ । राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतम छन् भने कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकका पनि शीर्ष नेताहरु सहभागी छन् ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सबै सदस्य पनि बैठकमा उपस्थित छन् ।

राजपाले उम्मेदवारी दर्तालाई अवरोध गर्नेसहित आन्दोलनका कार्यक्रम घोषणा गरेपछि दलहरुले छलफल तीव्र बनाएका छन् । शनिबार साँझ पनि चार दलको बैठक बसेको थियो । तर, राजपाको माग सम्बोधनबारे कुनै सहमति हुन सकेन ।

राजपाले स्थानीय तहको संख्या बृद्धि, दल दर्ता गरेर चुनाव चिन्ह दिनु पर्ने लगायतको माग अघि सारेको छ ।

 

photo

NOC1-250x300