२ असार, काठमाडौं । बिना विभागीय मन्त्री प्रभु साहले शहरी बिकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।नेकपा माओवादी केन्द्रका तर्फबाट यस अघि बिना विभागीय मन्त्रीको सपथग्रहण लिएका प्रभु साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि प्रधानमन्त्री देउवाले मन्त्री साहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका हुन् ।देउवा प्रधानमन्त्री बनेपछि जेठ २४ गते तीन जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीसहितको मन्त्रीमण्डाल विस्तार गरेका थिए ।अर्काे चरणको मन्त्रिमण्डल विस्तार भने दोस्रो चरणको चुनाव पछि हुने बुझिएको छ ।