people Nepal » प्रधानमन्त्री : सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध छु प्रधानमन्त्री : सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध छु – people Nepal

प्रधानमन्त्री : सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध छु

sher-bahadur-deuwaकञ्चनपुर, १० असार । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताएका छन् ।

कञ्चनपुरको पूर्नबासमा आज नेपाली काँगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले बेलौरीलाई नमुना सहरका रुपमा विकसित गरी यहाँ बसोवास गर्दै आएका बासिन्दालाई समृद्ध बनाइने बताए ।

भारतसँग जोडिएका सीमा क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको उनले बताए। “सीमा क्षेत्रमा कुनै पनि नेपालीमाथि ज्यादति हुन दिइने छैन उनले भने ”।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले महाकालीमा पक्की पुल निर्माण र पञ्चेश्वर परियोजना सञ्चालनका लागि कार्य अगाडि बढाइने उल्लेख गरे ।

बेलौरी कलुवापुर दू्रतमार्ग निर्माणको कार्य अगाडि बढाउनका लागि पहल भइसकेको उल्लेख गर्दै उहाँले आदिवासी राना थारु समुदायको संस्कृति संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिने छ भने ।

प्रधानमन्त्री देउवाले आज कञ्चनपुरको बेलडाँडी, बेलौरी र पुर्नबासमा आयोजित चुनावी सभामा सहभागिता जनाएका छन् । रासस