काठमाडौँ, २२ जेठ । त्रिमूर्ति निकेतनले डा सत्यमोहन जोशीलाई नेपाल सरकारबाट ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेकामा नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ ।
निकेतनले नेपाली वाङ्मयका शिखर व्यक्तित्व वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको जीवनभरिको योगदानलाई मूल्याङ्कन गरी उनको गरिमामय उचाइ अभिवृद्धिका लागि अति महत्वपूर्ण योगदान पु¥याउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
पूर्व उपप्रधानमन्त्री कमल थापा, पूर्व मन्त्रीद्वय दिलनाथ गिरी तथा दीनानाथ शर्मालाई पनि सो पदक समर्पण गर्ने त्रिमूर्ति निकेतनले निर्णय गरेको छ ।
त्रिमूर्ति निकेतनले नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी, नेपाल सरकारका तत्कालीन निमित्त सचिव बुद्धिसागर लामिछाने, प्रा डा प्रेम खत्री, डोलिन्द्रप्रसाद शर्मा र श्रीमती जयन्ती प्रधानलाई पनि ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
तेह्रौँ त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गरिने कार्यक्रम रहेको छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसार्इंको अध्यक्षतामा आज बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो । रासस
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको