प्रधानमन्त्री देउवा नयाँ दिल्लीमा

७ भदौ, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् ।

Shusha-Sworaj-welcomes-to-PM-Deuba

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन् ।

नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली पुगेका देउवालाई इन्दिरागान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छिन् । प्रधानमन्त्री देउवाले द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।

भ्रमण तालिकाअनुसार आज नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यतालिका छ ।

 

photo

NOC1-250x300