‘प्रधानमन्त्री ओलीले मन्त्रालय सम्हालेपछि नेवानिमा अढाई अर्ब घाटा’

जेठ २९, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सम्हालेपछि अढाई अर्ब घाटा भएको दाबी गरेका छन् ।

samsad

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कँडेलले भ्रष्टाचारमा शून्य सहनशिलता भन्ने प्रधानमन्त्रीले नेवानि सम्हालिसकेपछि झण्डैँ अढाई अर्ब घाटा भएको बताएका हुन् ।

संसदमा उनले भने, ‘हाम्रा प्रधानमन्त्रीज्यूको एउटा दृढ संकल्प र महानवाणी छ– सम्पूर्ण मन्त्रालयहरुमा न भ्रष्टाचार हुन दिन्छु, न गर्छु । तर सम्माननीय प्रधानमन्त्रीले मन्त्रालय सम्हालिसकेपछि अहिले नेपाल वायु सेवा निगमले झण्डै अढाई अर्ब रुपैयाँको घाटा व्यहोरिसक्यो ।’

उनले २५ अर्ब रुपैयाँ ऋण काढेर खरिद गरिएका वाइड बडी विमानले उडान भर्न नसक्दा निगमलाई दैनिक डेढ करोड रुपैयाँ घाटा भइरहेको तथ्य पनि संसदमा प्रस्तुत गर्दै भने, ‘जुलाई ४ बाट वाइडबडी जहाजले जापानका लागि उडान भर्ने भनिएको थियो, तर विभिन्न बहानामा त्यो स्थगित गरियो । जसका कारण प्रत्येक दिन डेढ करोड घाटा भइरहेको छ ।’

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र त्यहाँ २५ अर्ब रुपैयाँ ऋण काढेर ल्याइएका वाइड बडी जहाजहरु आए दिनदेखि नै भ्रष्टाचारको घेरामा रुमल्लिएको उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कृष्ण जन्मअष्टामीको अवसरमा सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा मिलोस : राष्ट्रपति भण्डारी

By Peoplenepal काठमाडौँ, ३ भदौ । श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री

अब सामाजिक सुरक्षाकोषबाट होमलोन लिन पाइने

भाद्र २, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषका योगदानकर्ता

असोज दुई र तीन गते नेसनल हेल्थ समिट टु को आयोजना हुने

पिपुल नेपाल,१ भदौ ,काठमाडौं । नेपाल चिकित्सक संघले आगमी असोज दुई र तीन गते काठमाडौंमा

गठबन्धनको निर्णय : फास्ट ट्रयाकबाट नागरिकता विधेयक पारित गर्ने !

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी