प्रधानमन्त्री ओलीले गरे भारतीय प्रधानमन्त्रीको प्रस्तावको स्वागत

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई कोरोनाभाइरसविरुद्ध रणनीति बनाउन छलफलमा जुट्न गरेको आह्वानको स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै नेपाल सरकार यो प्राणघातक रोगबाट नागरिकलाई बचाउन सार्कका मित्रराष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको जानकारी दिएका छन् ।

 यसअघि भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसो ट्वीट गर्दै सार्कका सरकारप्रमुखहरुलाई छलफलमा आउन आह्वान गरेका थिए । मोदीले लेखेका छन् ‘म सार्क राष्ट्रका नेतृत्वलाई कोरोनाभाइरसविरुद्ध लड्न बलियो रणनीति बनाउनको लागि प्रस्ताव गर्दछु । हामी हाम्रा नागरिकलाई स्वस्थ बनाउन बाटो खोज्न भिडियो कन्फ्रेन्समार्फत छलफल गर्न सक्छौं । हामीले सामूहिक रुपमा विश्वको लागि उदाहरण स्थापित गर्न सक्छौं र स्वस्थ पृथ्वीको लागि योगदान गर्न सक्छौं ।’

 

photo

NOC1-250x300