काठमडौं । संविधान संसोधनमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्णायक छलफल गर्ने भएका छन् । सहमतिका लागि चुनाव दुईचरणमा समेत गर्न सकिने प्रस्ताव गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार दलहरुसँग निर्णायक छलफल गर्न लागेका हुन ।
उनले दलका नेताहरुसँग वान टु वान’ र सयुक्त वार्ता गर्ने तयारी गरेका छन् । मोर्चाले चुनाव सार्ने र सनिय तह थप्ने प्रस्तावमा सत्तासिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नमानेपछि मोर्चालाई समेत राखेर देउवासँग छुट्टै छलफल गर्ने तयारी छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र मधेसी मोर्चाका नेताहरुसँग पहिलो चरणमा ‘वान टु वान’ र दोस्रो चरणमा सामुहिक वार्ता गर्ने प्रधानमान्त्रीको तयारी रहेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रणाणी खनालले प्रधानमन्त्री समस्या समाधानमा गम्भिर रहेको र यो हप्तामा निकास दिनेगरि वर्तामा जुटेको बताए ।
‘यसअघिका वार्ताका आधारमा निस्कर्ष निकाल्ने गरि प्रधानमन्त्री रणनीति छलफल गर्दैहुनुहुन्छ राजनीतिक सल्लाहकार खनालले भने, ‘पहिलो चरणमा शेरबहादुर देउवा, केपी शर्मा ओली, कमल थापा र मोर्चाका शीर्ष नेतासँग वान टु वान वार्ता हुनेछ त्यसपछि सामुहिक छलफलबाट निचोडमा पुगिनेछ ।’
सिमांकनका विषयमा आयोग बनाउने, स्थानिय तहको संख्या मधेसमा केही बनाउने र बाँकी विषय संसोधनमा लैजाने गरि प्रधानमन्त्रीले तयारी गरेका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चाका मागबारे राजनीतिक सहमतिका आधारमा निर्णय गर्ने आश्वासन दिएपछि मोर्चा लगभग सहमति नजिक पुगेका छन् ।
सरकारले संविधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित नयाँ प्रस्ताव दर्ता गरे आगामी २५ गते बस्ने संसद बैठकमा प्रक्रियाका लागि पेश गर्ने तयारी गरेको छ । चुनाव सार्ने वा दुईचरणमा गर्नुपर्ने मधेसी मोर्चाको प्रस्तावमा भने सरकारपक्षले सहमति जनाएको छैन ।सत्तासिन दलभित्रै कांग्रेसलेको अस्वीकार, मधेसी मार्चाको अडान र एमालेका तर्कका कारण प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् ।
२२ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
२१ माघ, काठमाडौँ । उचित मूल्य नपाएको भन्दै चितवनका किसानहरूले सडकमा तरकारी फालेको भन्दै आएका
२१ माघ, काठमाडौं । कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको
२१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच
२१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव