प्रधानमन्त्रीलाई कमल थापाको यस्ताे चुनौती

२६ साउन, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसदमा विचाराधिन अवस्थामा रहेको संविधान संशोधन प्रस्ताव पारित गरेर देखाउन प्रधानमन्त्री देउवालाई चुनौति दिएका छन् ।

 

Kamal-Thapa-RPP-Nepal

विचाराधिन अवस्थामा रहेको संविधान संशोधन प्रस्ताव पास नहुँने दावी गर्दै अध्यक्ष थापाले आफ्नो पार्टी संशोधनको पक्षमा नरहेको स्पष्ट समेत पारेका छन् ।

काठमाडौंमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले आफू सत्ताभोगी नभएको दावी समेत गरे । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन गरेको आग्रहलाई आफूले अस्वीकार गरिदिएको पनि उल्लेख गरे ।

 

photo

NOC1-250x300