प्रदेश ७ मा एमालेले छान्यो उम्मेदवार

३ कात्तिक, काठमाडौं : आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि एमालेले प्रदेश नं. ७ मा उम्मेदवार टुंगो लगाएको छ ।

 

वाम गठबन्धनमा रहेको माओवादीसँग शुक्रबार सिटबाँडफाड भएपछि एमालेले आफ्नो भागमा परेका क्षेत्रहरुमा उम्मेदवारहरु टुंगो लगाएको हो । एमालेले प्रतिनिधिसभातर्फ दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, बझाङमा भैरवबहादुर सिंह, बाजुरामा लालबहादुर थापालाई उम्मेदवार बनाउको छ ।

यस्तै प्रदेशसभातर्फ बैतडी ‘ख’मा लिलाधर भट्ट, बाजुरा ‘क’मा बलदेव रेग्मी, ‘ख’मा प्रकाश शाह, बझाङको ‘क’मा अर्जुन थापाको नाम टुंगो लगाएको छ । दार्चुला ‘क’ भने नाम टुंगो लागेको छन् ।

 

photo

NOC1-250x300