प्रदेश र संघको निर्वाचन एकै चरणमा : माधवकुमार नेपाल

चितवन, १६ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्ने बताएका छन् ।

Leader of Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal at his residence in Katmandu May 18, 2009. Nepal is likely form a new coalition government and replace current caretaker Prime Minister Pushpa Kamal Dahal "Prachandra" after he received the backing of over 350 members of parliament from 22 parties. Post Photo/Shaligram Tiwari/Kantipur

शुक्रबार नेपाल दूरसञ्चार कर्मचारी संघको आठौं केन्द्रीय परिषद्को  पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उनले एकै चरणमा निर्वाचन हुँदा सबैलाई सहज हुने भए पनि सरकारले मंसिरमा चरणबद्ध निर्वाचन गर्न लागी जनता झुक्काउने काम गरेको दोषारोपण गरे ।

समय समयमा मिति सार्दै जाँदा निर्वाचन नहुने खतरा बढ्ने बताउँदै उनले सरकार निर्वाचन गराउनभन्दा पनि कर्मचारी भर्ना, सरुवा, बढुवामा लागेको आरोप लगाए ।

पर्यटक भित्र्याएर मुलुक समृद्ध बनाउनका लागि वार्षिक एक करोड पर्यटक भित्र्याउने तयारीमा लाग्न सरकारलाई आग्रह समेत गरे ।

 

photo

NOC1-250x300