२८ बैशाख, काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अबको प्रधानमन्त्री बन्ने बताएका छन् ।
चितवनको भरतपुर महानगरपालिकामा आयोजित संयुक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देउवा प्रधानमन्त्री हुने पक्कापक्की गरेका हुन् । प्रचण्डले देउवासमेत सहभागी सभालाई सम्बोधन गर्दै देउवालाई भावी प्रधानमन्त्री भनेर सम्बोधन गरेका हुन् ।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र कांग्रेस चुनावी तालमेल गरेर चुनाव लड्दैछन् । जहाँ प्रचण्डकी पुत्री रेणु दाहाल प्रमुखमा र कांग्रेसबाट पार्वती शाह उपप्रमुखका उम्मेदवार छन् ।