प्रचण्ड–झिनो मतले जित्ने छुट छैन, भारी मतले जित्नुपर्छ

vari-mat-150x150काठमाडौं– स्थानीय तहको पहिलो चरणको चुनाव प्रचारको अन्तिम दिन गृहिजल्ला चितवन पुगेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन बनेपछि भरतपुर महानगरपालिकामा भारी मतले जितिने बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासहित चितवन गएका प्रधानमन्त्री प्रचण्डले आफुहरुलाई झिने मतले जित्ने सुविधा नभएको पनि बताए ।

‘काँग्रेस र माओवादीबीचको गठबन्धन भएपछि जे चर्चा परिचर्चा भए, ती आफ्नो ठाँउमा छन् । अहिले काँग्रेस र माओवादीका शीर्ष नेता आएर यति अपिल गरेपछि अव हामीलाई झिनो मतले जित्ने छुट छैन । अत्याधिक बहुमतल जित्नुपर्छ । लहर सिर्जना गर्नुपर्छ ।’ प्रधानमन्त्रीको भनाई थियो ।

गठबन्धन अनुसार भरतपुर महानगरपालिकामा काँग्रेस र माअ‍ोवादीबीच तालमेल बनेको छ । माओवादीका रेणु दाहाल मेयर र काँग्रेस पार्वती शाह उपमेयरका उम्मेद्वार छन् ।

 

 

photo

NOC1-250x300