प्रचण्ड : कोशी उच्च बाँधले नेपालीको हित गर्दैन

सप्तरी, २८ भदौ : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी उच्च बाँधले नेपालीको हित नगर्ने बताएका छन् ।

Prachanda-4537899बुधबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् । उनले बिना अध्ययन कोशी उच्च बाँधका लागि विस्तृत अध्ययन जरुरी हुने उल्लेख गर्दै उक्त कार्यलाई आफूहरुले समर्थन नगर्ने बताए ।

हिजो मात्र प्रधानमन्त्री देउवाले कोशी उच्च बाँध निर्माण गरेर बाढीको समस्या अन्त्य गर्ने बताएका थिए तर प्रचण्डले प्रधानमन्त्री देउवाको भनाईलाई खण्डन गरेका छन् ।

उनले सप्तरीको राजविराज शहर पछि परेको भन्दै सुन्दर र नमुना बनाउन सकिने विचार व्यक्त गरे ।

 

photo

NOC1-250x300