प्रचण्ड : एक मधेस एक प्रदेशको पक्षमा छैनौं

जनकपुर, १९ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘एक मधेश स्वायत प्रदेश’ माओवादी केन्द्रको एजेन्डा नभएको स्पष्ट पारेका छन् । 

प्रचण्डले आफ्ना पार्टीका नेता मातृक यादवले भने जस्तो एक मधेश एक प्रदेशको एजेन्डा माओवादी केन्द्रको नभएको बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘माओवादी केन्द्रको लाइन एक मधेश स्वायत प्रदेश कहिल्यै थिएन र हुँदैन पनि ।’ 

उनले एक मधेश प्रदेश कुनै पनि हालतमा व्यावहारिक नहुने बताउँदै संघीयता, पहिचान र आत्मनिर्णयको अधिकारको लागि मधेशमा २ प्रदेशको खाका नै उत्तम रहेको तर्क गरे ।

 

photo

NOC1-250x300