August 19, 2016

प्युठानमा बाढि पहिरो बाट मृत्यू हुनेको सङख्या ३८

बिजयनगर ःकेहि दिन यताको अबिरल बर्षाले पहाडि जिल्ला प्युठानमा ठूलो जनधनको क्षति भएको छ ।फोप्ली,बाहाने तथा बिजयनगर गाविस मा सबैभन्दा बढि क्षति भएको त्यहाँका स्थानिय बासिले जनाएका छन् ।स्थानिय वासिका अनुसार   यphoto-03ति ठूलो वर्षा प्यूठानमा धेरै समय पछि आएको हो ।
कम्तीमा ५०० परिवार बिस्थापित भएको त्यस ठाउँमा पिडित पक्षले भने अहिले सम्म राहत पाउन सकेका छैनन् ।सरकार चुपचाप बसेको छ ,सरोकार वालाहरुको पनि त्यती राम्रो उपस्थिति देखिदैन् ।पिडीत पक्षहरुले धेरैनै कष्टकर जिन्दगि बिताउन बाध्य छन् ।घरबारी सबै पहिरोले लगेपछि उनिहरुको जिवन भोकमरी जस्तै हुन पुगेको छ

प्रतिक्रिया दिनुहोस्