पोर्नस्टार मिया खलिफा, जो शोसल मीडियामा सक्रिय छिन्, उनले हालै एक भिडियो अपलोड गरेकी छिन् । इन्स्टाग्राममा शेयर गरेको उनको भिडियो रातारात भाइरल भएको छ । भिडियो राखेको एक दिनमै त्यसलाई अढाई लाखले हेरेका छन् ।
भिडियो खासै गतिलो छैन । उनी एक जिमखानाको बाहिर बसेर आइसक्रिम चाटिरहेकी देखिन्छ । तर, यो भिडियो उनले इन्स्टाग्राममा शेयर गर्नसाथ त्यसको भ्युअर्स अचम्मलाग्दो गरी बढ्यो । एक दिनमै लाखौंले हेरे । हजारौंले प्रतिक्रिया लेखे ।
त्यसो त उनी सोसल मीडिया निकै लोकप्रिय छिन् । उनलाई इन्स्टाग्राममा १० लाख बढीले पच्छ्याएका छन् । उनी सोसल मीडिामा हट फोटो शेयर गर्छिन् । उनी फ्लोरिडामा बस्छिन् । उनले फेब्रुअरी २०११ मा एक अमेरिकी युवासँग विवाह गरेका थिए ।
मियाले २०१४ बाट पोर्न उद्योगमा पाइला राखेकी हुन् । यसअघि उनी एक रेष्टुरेन्टमा काम गर्थिन् । उनी हिन्दी रियलिटी शो ‘बिग बोस’मा आउने कुराले निकै तहल्का पिटेको थियो ।
रोचक कुरा
– मिया लेबनानमा जन्मिएकी हुन् । पछि उनी परिवार सहित अमेरिका बसाइ सरेकी थिइन् ।
– अमेरिकामा उनी स्थानिय फास्ट फूडमा काम गर्थिन् । त्यही बेला एक ग्राहले उनलाई पोर्न उद्योगमा काम गर्नका लागि अफर गरेका थिए ।
– उनले २०१४ मा पोर्न उद्योगमा पाइला राखिन् । २८ डिसेम्बरमा पोर्नहबले मियालाई नम्बर एक पोर्न अभिनेत्रीको सूचीमा राख्यो ।
– लेबनानी भएकाले नाताले उनले सुरुमा केहि विवादको सामना गर्नुपर्यो ।
– मिया लेवनानमा वस्दैनन् । तर, उनको हातमा लेवनानको नामको ट्याटु खोपाएकी छिन् । यसले उनले आफ्नो देशको नाम दुरुपयोग गरेका आरोप पनि लाग्ने गरेको छ ।
– १८ बर्षको उमेरमा उनले एक अमेरिकी युवासँग विवाह गरेकी थिइन् ।
– जब उनी पोर्न उद्योगमा प्रवेश गरिन्, अभिभावकसँगको सम्बन्ध टुट्यो । उनले भन्थिन्, ‘म यो उद्योगमा आएपछि बुवाआमा बोल्न छाडे ।’
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले