काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एअरको ९ एनएआइएन जहाज गिद्दसँग ठोक्किएको छ। जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा एक्कासी गिद्द जहाजमा ठोक्किन आएको हो।
जहाजमा गिद्द ठोक्किँदा दाहिनेभागको पंखा नजिकैको बडीको भाग कुच्चिएको बुद्ध एअरले जनाएको बाराही न्युजले लेखेको छ।
जहाजमा गिद्द ठोक्किए पछि चालकले जहाजलाई विमानस्थलमा अवतरण गराएका थिए। बिमानमा सवार सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पछिल्लो समय पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा गिद्द तथा चीलको बाक्लो झुण्ड देख्न सकिन्छ। पोखराको दक्षिण भेगबाट बिमान अवतरण गर्ने क्रममा उडान मार्गमा पोखराको ल्याण्डफिलसाइट हुनु र निर्माणधीन अन्तर्राष्ट्रिय बिमानस्थल वरपर मरेका पशुपंक्षी फालिनुले पनि सो क्षेत्र आसपासमा सदा गिद्दको बाक्लो उपस्थिति रहने गर्दा यस्ता खाले दुर्घटनाको सम्भाबना पनि बढेर गएको छ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी