‘पैसाका लागि सेक्स गरे’

sharlin-388x220एजेन्सी । बलिउड इन्डस्ट्रीका बोल्ड हिरोइनको कुरा गर्दा शर्लिन चोपडा सबैभन्दा अगाडी आउँछिन् । शर्लिन चोपडाले भर्खरै आफ्नो ३३ औँ जन्मदिन समेत मनाएकी छिन् । शर्लिनले ‘दिल बोले हडिप्पा’बाट आफ्नो फिल्मी करिअर शुरु गरेकी थिइन। फिल्ममा अभिनय गर्नुपूर्व उनी मोडलिङ गर्थिन । आफ्नो फिल्मभन्दा बढी उनी विवादका कारण चर्चित छिन। शर्लिन पहिलो भारतीय महिला हुन् जसले प्लेब्वाय म्यागजिनको लागि नाङ्गो फोटोसुट गराएकी थिइन। यो फोटोले शर्लिनको चर्चा ह्वात्तै बढाएपछि उनी बोल्ड नायिकाको श्रेणीमा अग्रस्थानमा आएकी हुन। अहिले पनि इन्टरनेटमा उनका यी सेन्सर नगरिएका तस्बिर पाइन्छ । यसपश्चात आफ्नो सेक्स लाइफलाई लिएर आश्चर्यमा पार्ने खुलासा गर्न लागिन । मोडलिङको समयमा पैसा लिएर कयौँसंग बेड सेयर गरेको उनले खुलाएकी थिइन। ट्वीटमा लेखेकी थिइन, ‘विगतमा कयौँ मौकामा मैले पैसाको लागि सेक्स गरे।’ प्लेब्वाय म्यागजिनमा स्थान पाउनको लागि पनि उनले ८६ वर्षका हुज हेफनरसंग सम्बन्ध राखेको चर्चा थिया े। तर उनले यो अस्वीकार गर्दै आएकी छिन्।

 

photo

NOC1-250x300