वैज्ञानिकका अनुसार सात ग्रहमध्ये तीन ग्रहमा जीवको सम्भावना रहेको रहेको छ। सातै ग्रह ‘ट्रापिस्ट १‘ नामको ताराको वरिपरि घुमिरहेको छ। यो तारा पृथ्वीदेखि ४० प्रकाश वर्षको दूरीमा रहेको छ। ग्रहको आकार छोटो तथा चिसो रहेको वैज्ञानिकको भनाइ छ।
नेचर पत्रिकामा बताइए अनुसार नासाको ‘स्पिटजर टेलिस्कोप’ तथा त्यहा जडान गरिएको सिस्टमको सहायताबाट पहिलो पटक पृथ्वीजस्तै सात ग्रह एउटा ताराको परिक्रमा गरिरहेको पत्ता लागेको हो।
यस्तै बेलजियम युनिभर्सिटी अफ लेजका प्रसिद्ध लेखक माइकल गिल्लनले भनेका छन्, ‘यी सबै ग्रह एकअर्काको नजिक रहेका छन्। सातै ग्रह आफ्नो ताराभन्दा धेरै नजिकमा छन्। ग्रह वृहस्पतिको नजिकमा रहेको र चन्द्रमासँग धेरै पटक भेट हुने गरेको छ।’
माइकलका अनुसार यी ग्रह यति धेरै चिसो र आकारमा साना छन्। सातै ग्रहको तापमापन समशीतोष्ण छ। यसको अर्थ उक्त ग्रहमा तरल रुपमा पानी हुनसक्छ। यसका साथै यहाँ जीवको पनि सम्भावना हुनसक्छ।
‘ट्रापिस्ट १’ को तीन ग्रहको परिभाषा अनुसार यी सबै एक अर्काको पारस्पारिक क्षेत्रमै रहेका छन्। ग्रहको क्षेत्रमा पर्याप्त वायुमण्डली भएका कारण पानी रहेको हुन् सक्छ।
बीबीसीका विज्ञान सम्पादक डेभिड सुकम्यानले भनेका छन् ‘पृथ्वी जस्तै नयाँ ग्रहको पत्ता लगाएकोमा वैज्ञानिकहरु खासै उत्साहित दैखिदैनन् किनकी ट्रापिस्ट १ निक्कै सानो र फिक्का भएको तारा हो। यसको अर्थ टेलिस्कोपले ग्रहको अध्ययन गर्न जति अप्ठ्यारो हुन्छ त्यो भन्दा धेरै वैज्ञानिकलाई ताराको अध्ययन गर्न कठिन हुन्छ।’
सौर्यमण्डलमा नयाँ ग्रह पत्ता लगाएसँगै अब यी सातवटै ग्रहको वायुमण्डलको बारेमा अनुसन्धान गर्ने नयाँ अवसर र चुनौती दुवै थपिदिएको छ।नासाका वैज्ञानिकले अनुसन्धानको दोस्रो चरण सुरुवात गरिसकेका छन्।उनीहरुले ती ग्रहहरुमा अक्सिजन र मिथेन ग्यासको खोजी गरिरहेका छन्।
साभार :अन्नपुर्ण पोस्ट
२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव
१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय
१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो
१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको