पुलिस क्लबभित्रै बाबुरामलाई दुर्व्यवहार, क्लबबाहिर प्रदर्शन

काठमाडौं, २० चैत । शान्तिपूर्ण धर्नाको क्रममा प्रहरीद्वारा पक्राउ गरिएका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायतका नेता कार्यकर्ताहरुलाई प्रहरीले दुर्व्यवहार गरेको छ ।

पुलिस क्लबभित्रै शान्तिपूर्ण धर्नामा रहेका भट्टराई लगायतका नेताहरुलाई प्रहरीले माथिको आदेश भन्दै दुर्व्यवहार गरेको भट्टराईका निजी सचिव विश्वदिप पाण्डेले जानकारी दिए । आइतबार साँझ प्रहरीले माथिको आदेश भन्दै ‘तपाईंहरु रिहा हुनुभएको छ, जान सक्नुहुन्छ’ भनेका थिए । पाण्डेका अनुसार डा.भट्टराईले ‘हामी प्रहरी हिरासतभित्रैबाट माग पूरा गराउँछौं’ भनेर जवाफ दिएका थिए ।

 

photo

NOC1-250x300