बलिउड अभिनेत्री ऐश्वर्य रायको पिता कृष्ण राज रायको हिजो बिहिबार तेह्रौ दिनको पुण्यतिथी । यसै मेसोमा ऐश्वर्य राय आफ्ना पति अभिषेक बच्चन र छोरी आराध्याका साथ श्रद्धान्जली अर्पण गर्न कुर्ला पुगिन् ।
त्यहाँ अमिताभ बच्चनसहित परिवारका अन्य सदस्य, अभिनेता शुनिल शेट्टी पनि सहभागी भए ।
कृष्ण राज रायको लामो बिरामपछि १८ मार्चमा निधन भएको थियो । उनको मुम्बईको लीलावती अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कृष्णराज क्यान्सर पीडित थिए ।