पिडा दायक हृदय निचोरिएर उत्कर्ष बिन्दुमा पुगेर निस्कने अभिब्याक्ती नै तप्कना हो : तुलसी बिन्दु

tulasi-bindu-696x721

 

म तीन बर्षको हुँदा ढुङ्गाले किचेर बाबाको स्वर्गबाँस भएपछी आमाले सात जना बालबच्चालाई साग,सिस्नु,गिठ्ठा भ्यागुर खुवाउदै हुर्काउदै गर्दा दाजुलाई पनि दैवले टिपेर लग्यो । सबैबाट अपहेलना भएपछी तीन कक्षा पास गरेर पाँचथर बाट झापामा बसाइँ झरेका हौँ । तब मेरो पढाइ ठप्प भयो । मलाइ नपढाउने भएपछी भागेर सर्टिफिकेट लिन पहाड गएँ । त्यसपछि सर्टिफिकेट ल्याएर ५ कक्षामा भर्ना भएँ । बिहान बारी जोतेर दिउसो स्कुल जान्थेँ । ५ कक्षामा दोस्रो भएँ र ६ कक्षामा प्रथम भएपछी सात नपढि आठमा भर्ना भएँ ।

म आठ कक्षा पढ्दा पढ्दै, स्कुलमा फी तिर्नको लागि ६ कक्षा सम्मकालाई ट्युसन पढाउन थालेँ । यसरि नै दिनहरु बित्दै जादै थियो । फेरि एसएलसी परिक्षा चलिरहेको बेला अङ्ग्रेजी र हिसाबको परिक्षा दीइसकेपछि आमा खस्नुभयो । त्यतिकै परीक्षा रोकियो । यसरी जीवनमा आँसु नै आँशुको यात्रामा मलेशिया आइपुगेँ । घरको नाजुक अवस्था उकास्न अन्त कतै मन नडुलाइ काममा ब्यस्त रहेँ । साहित्यमा सानै देखिको रुचि थियो । मलेशिया आएपछि साहित्य क्षेत्रमा कलम चलाउन सुरुवात गरेँ ।

मेरो पहिलो रचना नै गणतन्त्र नेपालको निर्बाचित प्रथम प्रधानमन्त्री प्रचन्डलाई बधाइ तथा शुभकामनाको कविता थियो । जसलाई त्यतिबेला मलेशिया बाट प्रकाशन हुने, श्रम साप्ताहिक,नेपाल सन्देश,द पृष्ठभूमी,अभिलेख र हाम्रो आवाजले एकैचोटी प्रकाशन गरिदियो । त्यसपछि निरन्तर कलम चलाउनु थालेँ । यसको फलस्वरुप, हरेक पाइलामा भोगिएका दुखको बोझ बिसाएर तप्कना संग्रह तयार पारेको थिएँ । सन् २०१३ मा जब फेसबुक खोलेँ, तब विधुतिय सञ्जालमा संसार देख्न पाएँ । त्यहाँ साहित्यका माहोल देखेपछि मेरो जीवनको बाटो मोडियो । किनभने म जहिले पनि नयाँ चिज आविष्कार गर्न मनपराउने भएकोले यसलाइ तप्कना विधामा परिणत गरेँ ।

यो कथा हो साहित्यकार तुलसी बिन्दुको । साहित्य लेखनमा तुलसी बिन्दु कुनै नयाँ नाम हैन । बिगत लामो समयदेखि मलेशियामा कार्यरत हुनुहुन्छ साहित्यकार तुलसी बिन्दु । उनै साहित्यकार तुलसी बिन्दुले “तप्कना” विधा प्रबर्तन गर्नु भएको हो । तप्कना विधाका प्रवर्तक तुलसी बिन्दु संग सूचना खबरको लागि ईन्द्र जिजीविषाले गरेको कुराकानी ।

परदेशको दैनिकी कसरी चल्दै छ ?
परदेशमा दैनिकी पल-पल दुखदायी तरिकाले बितिरहेको छ । दुई हप्ता अगाडि लडेर दाहिने हातमा असर पुगेको छ । त्यसै त गाह्रो, झन् दाहीने हात नै नचल्ने भएपछी त्यो भन्दा अरु के नै गाह्रो हुन्छ र ? होलाकी भनेर बिदेशीएको तर यहाँ ज्यानै खतरामा मोलेर बस्नुपर्छ । बिदेशमा बिजोक छ ।

परदेशमा रहेर पनि,साहित्यमा निरन्तर लागि रहनु भएको छ,कसरी समयलाई ब्यबस्थापन गरि रहनु भएको छ ?
अहिले साहित्यलाई निरन्तरता दिन सकेको छैन । आफ्नो ज्यान अरुको खटन हो । त्यसैले पनि वर्तमान समय अति नै महँगो छ मेरो ब्याक्तिगतको हकमा र मैले नेट चलाउने भनेको वाईफाई हो । फोनमा आफ्नो पैसा लगाएर डाटा बाट नेट कहिल्यै चलाएको छैन । त्यहि कारण पनि वाईफाई छेउ पुगेको बेला नेट टिप्छ नत्र त्यति टिप्दैन । जतिपनि वालमा स्टाटस राख्छु, त्यो हिड्दै लेखेको हो वा जे-जे देख्छु त्यहीँ लेख्छु, किनभने, फेसबुक साथि नै बनेको छ । यहाँ कुरो अर्कै पट्टि पो मोडिदै होला, खास अधुरो लेख पनि पुरा गर्न सकेको छुइन ।

तपाईले प्रबर्तन गर्नु भएको तप्कना विधा पछिल्लो समयमा निक्कै चर्चाको विषय बनेको छ नि, यसलाई तपाइले कसरी हेर्नु भएको छ ?
साहित्यमा ‘तप्कना”विधाबारे कुरो उठाउनु भएको रहेछ । चर्चाको विषयमा अनभिज्ञ छु । किनकी कामको व्यास्तताले नियाल्ने अवसर नै मिलेको छैन ।

तप्कना विधाको अवधारणा कसरि ल्याउनु भयो ?
तप्कना विधाको अवधारणा मैले ल्याएको हैन, समयले ल्याउनु बाध्य बनाएको हो । किनभने, म तिन बर्षको हुँदा,बाउ बित्नु भयो,सोह्र बर्षको हुँदा आमा बित्नु भयो । त्यसपछि अनेकौ बाधा अडचन दुखकष्ट आईलाग्यो । वास्तबमा आँशु नै आँशुको जिन्दगी यात्रा भयो मेरो । यहीं सिलसीलामा पिडाको बोध ब्याक्त गर्ने संरचना तयार गरे ।

तप्कना विधामा यसको संरचनाको आधार के हो ?
मुख्यतया समय चार प्रहार हुन्छन् । त्यहीं चार प्रहारलाई प्रहार गर्ने चार प्रहार संकल्प आयो । चौबिस घण्टा नै आधार मानेर त्यस समयमा भएको घटना चक्र वस्तुस्थितिलाई शब्द लिपि बाट प्रचार गर्ने चार प्रहार हुन् । फेरि यो एक निरन्तरता हो । त्यसलाई एकार्कामा बाध्न बन्धन अर्थ्यात मेल बन्धकले जोडेर एक तप्कनालाई पुर्ण तप्कना अर्थ्यात पिडा दायक हृदय निचोरिएर एक निश्चित अबधि पछि उत्कर्ष बिन्दुमा पुगेर निस्कने अभिब्याक्ती नै तप्कना हो । तपक्क खसेको आँशु हो, पिडा हो, भावना हो ।

साहित्यमा तप्कना विधा आवस्यकता हो कि रहर ?
साहित्यमा कुनै पनि विधाको नामकरण बाध्यता पनि हैन, रहर पनि हैन, समयको उपज हो । स्रिस्टिमा मान्छे स्त्री पुरुष हुन् यो सत्य हो । तर यो फलाना त्यो फलाना, ढिस्का नाम त मान्छेले रचेका हुन् नि । कि कसो ? बाच्नलाई खान आहारा, घाम-पानि आँधीहुरी बाट बाच्न घर, जाडो गर्मि बाट बाच्न लुगा लगाउछौं तर जाडो गर्मि बाट बाच्ने महंगा लुगा नै लगाउनु पर्छ भन्ने छैननी । सुन चादी लगाउनु पर्छ भन्ने पनि छैन । नयाँ-नयाँ मोडेलको लुगा लगाउनु पर्छ भन्ने छैन । कुरो अर्को तिर मोडियो भन्नु होला तर उदाहरण पेस गरेको हुँ । यहि कारण भाषा लिपि आवस्यक हो तर साहित्यमा अनेक विधा आवस्यक हुदै हैन । समयको उपज हो , माग हो । तप्कना विधालाई पनि यसरि नै लिनु होला ।

तपाईले साहित्य सम्बन्धि कुनै पुस्तक प्रकाशन पनि गर्नु भएको छ ?
साहित्य बारे त के भन्नु ? छिपछिपे पानीको जालहरी संझौ । ध्रुब तारा, धुवाँ, माया पिरती, गरि मेरो तिन उपन्यास प्रकासित छन् ।

तपाईले प्रबर्तन गर्नु भएको तप्कना विधामा नयाँ स्वाद र कौतुहलता चाहिँ के छ त ?
वास्तबमा दुख पिडा चित्कार,क्रन्दन बाट संरचना गरिएकोले यहीँ विषयमा नै नयाँ स्वाद मिल्लाकी तर त्यो कुमालेले आफ्नो हाँडी सर्काए जस्तो हुन्छ । यस विषयमा मिस्त्रीले घर बनाउछ तर उपभोग गर्ने अर्कै हुन्छ । अझ यसरी प्रस्ट पारौं की, सृजनशिल र पाठकमा भरपर्ने कुरो हो । यो एउटा प्रयोगका लागि हुन् यो समय सापेक्षित हो या हैन ?

अब कति बस्ने बिचार छ परदेशमा ?
भविष्यको कुरा पलभरमा भन्न सक्दिन । र अन्त्यमा मेरो कुरा राख्ने अवसर दिनु भएकोमा हार्दिक आभार ब्याक्त गर्न चाहन्छु सूचना खबर र ईन्द्र जिजीबिषा प्रति

 

photo

NOC1-250x300