‘पालुङटारमा नयाँ शक्तिलाई हार्न छुट छैन’ – संयोजक देबकोटा

गोरखा, चैत २५ – स्17796855_1328328863927334_4234284171390297921_n-768x432थानिय निकायको निर्वाचनको मिति नजिकिँदै गर्दा गोरखामा पनि यसको सरगर्मी बढ्न थालेको छ । जिल्लामा कृयाशिल राजनीति दलहरु नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एमाले र नयाँ शक्ति पार्टी नेपालले यतिबेला चुनावी माहोललाई निकै तताएका छ ।

स्थानिय स्तरका नेताहरु यहि मौका छोपि गाउँ÷टोल प्रवेश गर्न थलिसकेका छन् । अरु बेला जनताले गरेको नमस्कार फर्काउने फुर्सद नभएका उनीहरु यतिबेला भने जनतासँग हात जोडेर मत माग्दै हिँडेको हेर्न पनि कम्ता रमाइलो छैन । गोरखामा नयाँ स्थानिय तह संरचना अनुसार २ वटा नगरपालिका र ९ वटा गाउँपालिका छन् ।केहि समय अगाडि स्थापना भएको दल नयाँ शक्तिले पनि अन्य दलसँगै गोरखामा आफ्नो चुनावी माहोल र प्रचार प्रशार राम्रो बनाउँदै लगेको छ ।

खास गरी पालुङटार नगरपालिकालाई नयाँ शक्तिले आफ्नो बिजय किल्लाकै रुपमा विश्लेषण गरेको छ । नयाँ शक्तिका पालुङटार नगर संयोजक अशोक देबकोटाले पालुङटारमा नयाँ शक्तिको जित सुनिश्चि भएको बताए । देबकोटाले आफूहरुले नगरलाई पाँच वर्ष भित्र देशकै नमुना नगरपालिका बनाउने उदेश्यकासाथ काम थालेको पनि बताए ।

नयाँ शक्तिले यतिबेला पलुङटारमा घरदैलो अभिआनलाई तिब्रता दिएको संयोजक अशोक देबकोटाको भनाइ छ । उनले भने,‘यहि नगरपालिकामा डा.बाबुराम भट्टराईको मतदाता नामावलिसमेत भएको हुनाले हामीलाई हार्न छुट छैन ।’
उनका अनुसार यतिबेला गाउँका युवाहरुले वैदेशिक रोजगारीमा गएका स्थानिय मतदाहरुलाई आफ्नो मत अधिकार सदुपयोग गर्न र स्वदेशमै फर्किएर स्वरोजगार गर्नतर्फ आग्रह गर्न थालेका छन् । विदेशिएका नेपालीहरुलाई स्वदेश फर्काउन समाजिक सञ्जालमार्फत आग्रह गरिएको पनि देवकोटाले बताए ।
ऋजबत ऋयलखभचकबतष्यल भ्लम

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रदेशसभा प्रत्यक्षतर्फको पछिल्लो मत परिणाम,नेपाली काङ्ग्रेसको अग्रता

१० मंसिर,काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रदेशसभाको प्रत्यक्षतर्फ को

समानुपातिकतर्फबाट १० लाख मत कटाउंदै एमालेको अग्रता कायमै,घण्टी तेस्रो स्थानमा

९ मंसिर,काठमाण्डाै । नेकपा (एमाले) ले मतगणना प्राराम्भदेखिनै समानुपातिकतर्फ अग्रता कायमै राखेको छ । निर्वाचन

रौतहट -३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

८ मंसिर ,काठमाडौं । रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । नेकपा (एमाले)

महेश बस्नेतले देखाएर उच्च राजनीतिक संस्कार दुर्लभ थापाको निवासमै गएर दिए बधाई

८ मंसिर,भक्तपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य,पुर्व मन्त्री तथा निवर्तमान सांसद महेश बस्नेतले उच्च राजनीतिक

३४,१७० मतको भारी मतान्तरले चितवन क्षेत्र नं २ बाट रवि लामिछाने विजयी

८ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य

देव गुरुङलाई पराजित गर्दै लमजुङबाट पृथ्वीसुब्बा गुरुङ निर्वाचित

४ मंसिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट नेकपा (एमाले)