पार्टी फुटेपछि राप्रपा हेटौडामा कार्यक्रम गर्दै

१ भदौ, हेटौडा – राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आजदेखि हेटौँडामा शुरु भएको छ । भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा हुने स्थानीय निर्वाचनबारे छलफल हुने राप्रपाले जनाएको छ ।

rpp-thapa-meeting

त्यस्तै आगामी मंसिर महिनाभित्र हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचन हुने विषय, मुलुकमा बढ्दै गएको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी विभाजनको विषयमा समीक्षा गरी छलफल गर्ने पार्टीका सहायक महामन्त्री राजाराम बड्तौलाले जानकारी दिए । पार्टीको विभाजनलगत्तै हेटौँडामा सञ्चालन हुने यो विशेष बैठक भएको महामन्त्री बड्तौलाको भनाई छ ।

 

photo

NOC1-250x300