पाउलिन्होको २ गोलपछि ब्राजिलले बनायो अग्रता

timthumb-62पाउलिन्होले २ गोल गरेपछि विश्वकप छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले उरुग्वेविरुद्ध २–१ गोलको अग्रता लिएको छ।

दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत शुक्रबार बिहान मोन्टेभिडियोमा हाल चलिरहेको खेलमा उरुग्वेले ९ मिनेटमा पेनाल्टीबाट अग्रता बनाएको थियो। तर, घरेलु टोलीको अग्रतालाई चिर्दै पाउलिन्होले दुई गोल गरिसकेका छन्।

खेलको ९ मिनेटमा एडिन्सन काभानीको पेनाल्टी गोलबाट उरुग्वेले अग्रता बनाएका थियो। तर, १८ मिनेटमा डिबक्स बाहिर बाट खतरनाक लामो प्रहार गर्दै पाउलिन्होले पहिलो हाफको खेललाई बराबरीमा राख्न पाउलिन्होले योगदान गरे।

उनले दोस्रो हाफको ५१ मिनेटमा पनि अर्को गोल गरे। पाउलिन्होको यो आठौं अन्तर्राष्ट्रिय गोल हो। उनले उरुग्वेविरुद्ध ३ गोल गरेका छन्।

विश्व कप छनोटमा उरुग्वे दोस्रो स्थानमा छ।

 

 

photo

NOC1-250x300