कालीखोला (चितवन) – इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा व्यापार गरी सुदर्शन विष्टले जीवन चलाउँदै आउनुभएको छ । सडकछेवैमा उहाँको सानो घुम्ती छ । जीवन चलाएको त्यही घुम्तीले जीवन नै लैजाला कि भन्ने डर छ उहाँमा । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
असार ३ को पहिरोले उहाँको घुम्तीलाई क्षति पुर्यायो । पहिरोले ज्यानै लैजान्छ कि भन्ने डरमा बाँचिरहनुभएको छ उहाँ । कालीखोलामा प्रायः पहिरो गइरहने भएकाले सडकछेउका बस्ती जोखिममा छन् ।
पहिरोसँगै ढुंगा झरिरहने हुनाले त्रास बढेको गुनासो स्थानीयको छ । सडक निर्माण राम्रो नभएकाले जोखिम बढेको विष्ट बताउनुहुन्छ । ‘पहिरो नगएको दिन नै हुँदैन, सानोतिनो पहिरो गएकै हुन्छ’, विष्टले भन्नुभयो, ‘आकाशमा पानी पर्न थालेपछि पहिरो आउने डरले अन्तै बस्न जानुपर्छ।’ आफ्नै अगाडि ठूलो पहिरो खसेको अनुभव उहाँको छ ।
‘कतिखेर के होला भन्ने थाहै हुँदैन’, उहाँले भन्नुभयो, ‘आकाश हेरेर सुत्नुपर्छ ।’ पहिरो खसेर विष्टको पसलमा क्षति पुर्यायो । करिब ३० हजार बराबरको क्षति भएको थियो ।
नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम निकै बढेको छ । त्यहाँका स्थानीयलाई कतिबेला के होला भन्ने डर छ । सडक फराकिलो बनाउने क्रममा चट्टान कटान हुँदा जोखिम बढेको उनीहरूको भनाइ छ । बस्ती अगाडि नै ठूला पहाड छ । बेला-बेलामा त्यही पहाडबाट पहिरो खस्ने गर्छ । पहिरोका कारण घन्टांै सवारी रोकिने गरेको उनीहरूको अनुभवन छ ।
कालीखोलाकै यानु गुरुङ पनि पहिरोको डरमा बाँच्नुपरेको बताउनुहुन्छ। ‘आफ्नो घरै यहीँ छ अन्त जाउँ जाने ठाउँ छैन’, यानुले भन्नुभयो, ‘पहिरो झरेको झर्यै छ, रातदिन डरैडरमा बस्नुपरेको छ ।’गत बिहीबार राति पहिरो पन्छाउन खटिएको प्रहरीको टोलीलाई पहिरोले बगाउँदा एक असईसहित दुई प्रहरीको मृत्यु भयो । दुई प्रहरी जवान अझै बेपत्ता छन् ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी