कोलकाता जेठ ३२ : पश्चिम बंगालमा तृणमुल कांग्रेस र भारतीय राष्ट्रिय कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ। झडपमा तृणमूल कांग्रेसका तीन कार्यकताको मृत्यु भएको हो।
शनिबार हत्या हुने सोहेल राणा र खैरुद्दीन शेख अल्ताफका छोरा र भाइ हुन। घटनापछि यस इलाकामा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ। तृणमूलले आफ्ना कार्याकर्ताको हत्याको पछाडि कांग्रेसको हात रहेको आरोप लगाएको छ।
घटनाका बारेमा खैरुद्दीनका छोराले भने, ‘हामी घरमा सुतिरहेका थियौँ, अचानक बम हमाला भयो। उनीहरुले बाबामाथि हमाला गरे।’ उनले केही दिन पहिले काका अल्ताफको हत्या पनि उनीहरुले नै गरेको र उनीहरु कांग्रेसको कार्यकर्ता भएको बताए।
लोकसभाको निर्वाचनपछि पनि पश्चिम बंगालमा हिंसाको शृंखला नजारी छ। चुनावपछाडि मात्रै १० राजनीतिक कार्यकर्ताको मृत्यु भएको र मृत्यु हुनेमा धेरैजसो तृणमूलका कार्यकर्ता भएको बताइएको छ।
पीश्चम बंगालमा अहिलेसम्म भारतीय जनता पार्टी र तृणमूल कांग्रेसकाबीच झडप हुँदै आएको थियो। शुक्रबार मात्र मुख्यमनत्री ममता बेनर्जीले भाजपाप्रति आक्रमक रुपमा प्रस्तुत भएकी थिइन्। उनले आफ्नो राज्यलाई गुजरात बन्न नदिने उद्घोष गरेकै भोलिपल्ट उनका तीन कार्यकर्ताको हत्या भएको हो।
काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण राष्ट्र
काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको
२०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को
श्रावण २० गते शुक्रबार देखि सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ। गत
काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा
काठमाडौँ, १८ साउन । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको