‘पद्मावती’को बिवादबारे सलमान खानले बोले यस्तो

सञ्जय लीला भंसालीको फिल्म ‘पद्मावती’ को केही हप्तादेखि भारतका कयौं संगठनहरुले विरोध गरिरहेका छन् । कोही फिल्मको पक्षमा उभिएका छन् भने कोही फिल्मको प्रदर्शनमा रोक लगाउन माग गर्दै सडकमा उत्रिएका छन् ।

salman-padmavati-slbयसैविच बलिउडका ‘सुल्तान’ सलमान खानले फिल्मलाई लिएर आफ्नो विचार राखेका छन् ।

सलमानले टिभी च्यानल सीएनबीसीसँग कुराकानीको क्रममा भने, ‘फिल्म हेर्नुभन्दा पहिला नै ‘पद्मावती’को बारेमा कुनैपनि तरिकाको सोच बनाउनु ठिक होइन ।

मलाई लाग्छ कि हामीसँग सेन्सर बोर्ड छ । सेन्सर बोर्डले यो कुराको डिसाइड गर्छ ।’ ‘खामोशी’, ‘हम दिल दे चुके सनम’ र ‘सांवरिया’ जस्ता फिल्ममा भंसालीसँग काम गरिसकेका सलमानले भंसाली एक महान फिल्म निर्माता रहेको पनि बताए ।  सलमानले अगाडि भने, ‘फिल्म ‘पद्मावती’ हेर्नुभन्दा अगाडि नै कुनैपनि प्रकारको फैसला गर्नु राम्रो होइन । सञ्जय लीला भंसालीले राम्रो फिल्म बनाउनुहुन्छ र उहाँको फिल्ममा कुनैपनि नराम्रो हुँदैन ।’

 

photo

NOC1-250x300